इतिहासमा आज

बराक ओबामा के विशेषता थियो जसका कारण उनले यस्तो ऐतिहासिक सफलता पाए ?

बराक ओबामा के विशेषता थियो जसका कारण उनले यस्तो ऐतिहासिक सफलता पाए ?

obama जन्म ४ अगस्ट, १९६१ अमरीकाका ४४औं तथा वर्तमान राष्ट्रपति हुन् बाराक ओबामा ।  उनी अमेरिकाको प्रथम अश्वेत (अफ्रीकी अमेरिकी) राष्ट्रपति हुन। उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन् । ओबामा इलिनोइ राज्यबाट कनिष्ठ सेनेटर तथा २००८ मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्रयाटिक पार्टीका उम्मेद्वार थिए ।

ओबामाले हार्भर्ड ल स्कूलबाट सन् १९९१ मा स्नातक गरे, जहाँ उनी हार्भर्ड ल रिभ्यूका प्रथम अफ्रीकी अमेरिकी अध्यक्ष पनि भए । सन् १९९७ देखि २००४ सम्म इलिनोइ सेनेटमा तीन सेवाकाल पूरा गर्नु अघि ओबामाले सामुदायिक आयोजकको रूपमा काम गरे अनि नागरिक अधिकार अधिवक्ताका रूपमा अभ्यास गरे । सन् १९९२ देखि २००४ सम्म उनले शिकागो कानून विश्वविद्यालयमा संवैधानिक कानूनको अध्यापन कार्य पनि गरे ।

सन् २००० मा अमेरिकी हाउस अफ रेप्रिजेन्टेटिभ सिट हासिल गर्न असफल भएपछि जनवरी २००३ मा उनको नजर अमरीकी सेनेटतर्फ पर्यो जहाँ उनले मार्च २००४ मा प्राथमिक विजय प्राप्त गरे र नोभेम्बर २००३ मा सेनेटका लागि निर्वाचित भए । ओबामाको जन्म हवाई राज्यमा भएको हो । उनका पिता केन्या मूलका बाराक हुसेन ओबामा सिनियर थिए भने आमा अमेरिकाकी एन्न डन्हाम थिईन । बाराकका पिता काला जाति र आमा गोरा जातिको हुन् । उनी दुई वर्षको भएपछि सन् १९६४ तिर पिता र माताले छुट्टाछुट्टै बस्ने निधो गरे। त्यसपछि बाराकका पिता केन्या फर्के । आमाले इन्डोनेसियाका लोलो सोयटोरोसँग अर्को विवाह गरिन् ।

जुनियर ओबामा पनि आमाको अर्को परिवारसँग इन्डोनेसिया गए । जन्मेको एक महिनामा छाडेर गएका बाबुसँग ओबामाको अलि ठूलो भएपछि एक पटक मात्र भेट भएको थियो । बाराकका जन्मदिने पिताको सन् १९८२ मा गाडी दुर्घटनामा निधन भयो । बाराक दश वर्षको हुन्जेल इन्डोनेसियामै बसे । त्यसपछि आमापट्टिका हजुरबुबा स्टानले र हजुरआमा मेड्लिनसँग बस्न होनोलुलु, हवाई राज्य फर्के । उनी सन् १९७१ मा पुनाहोउ स्कूलमा कक्षा ५ मा भर्ना भए । सन् १९७९ मा स्नातक तह सके । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका ओबामाले कोलम्बिया युनिभर्सिटी र हार्भर्ड ल स्कूलबाट स्नातक गरेका छन् । होनोलुलुमा जन्मेका ओबामा केन्याई मूलका अश्वेत बाबु र अमेरिकी मूलकी आमाका सन्तान हुन ।

उनको अधिकांश प्रारम्भिक जीवन अमेरिकाको हवाई राज्यमा बित्यो । ६ देखि १० वर्ष सम्मको उमेर उनले जकार्ता (इण्डोनेशिया)मा आफ्नी आमा र इण्डोनेशियाई सानोबाबु (सौतेलो बाबु) सँग बिताए । सधैं हाँसिरहने ओबामाले सन् १९९२ मा मिशेल ओबामासँग विवाह गरे । उनीहरूका दुई छोरीहरू मालिया साशा रहेका छन् ।

Barak Obama History today

विशेष