ताजा खबर

बाढीपीडितलाई कीटनाशक झुल वितरण

बाढीपीडितलाई कीटनाशक झुल वितरण
redcross           साउन २०। नारायणी नदीको डुबानमा परेका मङ्गलपुरका बाढीपीडितलाई कीटनाशक झुललगायत सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस साेसाइटी चितवन शाखाले मङ्गलपुरको झनझने र शरणपुर क्षेत्रका ११७ घरधुरीमा यसरी सामग्री सहयोग गरेको हो । डुबान क्षेत्रमा पानी दूषित हुनसक्ने र लामखुट्टेको प्रकोप बढेको पाइएपछि कीटनाशक झुलसहित हाइजिङ कीट (मञ्जन, ब्रस, साबुन लगायत), पानी शुद्धीकरण गर्ने औषधि वितरण गरिएको रेडक्रस चितवनका वरिष्ठ शाखा अधिकृत जगन्नाथ न्यौपानेले जानकारी दिएका छन् । युनिसेफको सहयोगमा ती सामग्री वितरण गरिएको हो । उनका अनुसार डुबानमा परेका ११७ घरमा सामग्री उपलब्ध गराइएको हो । यहाँ डुबान भए पनि मानवीय र अन्य ठूलो क्षति भने नभएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । नारायणीको बाढीले यहाँको पश्चिम क्षेत्रमा पर्ने मङ्गलपुरको झनझने र शरणपुरसहित गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान गरेको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए। यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चितवनले पनि प्रतिघर तीन दिनलाई पुग्ने गरी पियुस वितरण गरेको विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ । बाढी पसेपछि खानेपानी दूषित हुने र झाडापखाला तथा अन्य रोग समेत लाग्न सक्ने भएकाले खतरा रोक्न पियुस वितरण गरिएको हो । सो क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्ने समितिले बताएकाे छ । रासस

Badi badi pidit sahayog nepal redcross chitwan

विशेष