मनोरञ्जन

यस्ता छन् बेलको पत्रका धार्मिक र वैज्ञानिक कारणहरु

यस्ता छन् बेलको पत्रका धार्मिक र वैज्ञानिक कारणहरु
belpatra साउन २० । बेलका पत्रलाई साक्षात शिव भगवानका रुपमा लिइन्छ । शिवपुराणमा उल्लेख भए अनुसार बेलको बोटको फेदमा सबै तिर्थस्थलहरु हुन्छन् । त्यसैले पनि बेलको रुखको पुजाका विषयमा धार्मिक कारण मात्रै नभई कैयन बैज्ञानिक कारणहरु पनि जोडीएका छन् । यस्ता छन् बेलको रुखसँग जोडीएका धार्मिक र आर्युवेदिक कारणहरु ः- शिवपुराणका अनुसार शिवलिंगमा हरेक दिन बेलपत्र चढाएर पुजा गरेको खण्डमा गरिवीबाट टाढा बच्न सकिन्छ । त्यस्तै मानिसले सबै सुख सुविधा प्राप्त गर्न सक्नेछन् । साउनमा बेलको रुख रोपेको खण्डमा अथवा त्यो सम्भव नभए एक वर्षसम्म श्री सुक्तको पाठ लगाएको खण्डमा नियमित धन प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । आर्युवेदिक अनुसार बेलका पत्र खानाले ग्याष्ट्रिक, पाचन शक्तिमा बृद्धि, पित्त थैलीमा देखिने असर लगायतका समस्याहरुबाट मुक्त हुन सकिन्छ ।

bel patra dharma

विशेष