खेल

चेल्सीद्धारा एसी मिलान पराजित

चेल्सीद्धारा एसी मिलान पराजित

chelsea साउन २० । चेल्सीले एसी मिलानलाई मैत्रीपूर्ण खेलमा हराएको छ । अमेरिकाको मिनेसोटामा भएको खेलमा चेल्सीले ३–१ को गोल अन्तरले मिलानलाई हराएको हो ।

चेल्सीको जितमा ओस्कारले दुई तथा बट्र्रेन्ड ट्राउरेले एक गोल गरे । ट्राउरेले २८ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाए । तर ३८ औं मिनेटमा मिलानका बोनाभेन्टुराले बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफमा १–१ बराबरी भएको खेलमा ओस्कारले ७० औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । ८७ औं मिनेटमा ओस्कारले पुनः दोस्रो गोल गरेपछि चेल्सी ३–१ ले विजयी भएको हो ।

acemiila chelse khel

विशेष