खेल

नेइमारको भरमा ब्राजिलकाे फुटबल टिम

नेइमारको भरमा ब्राजिलकाे फुटबल टिम
neimar साउन २० । विश्वकप फुटबलमा ५ वटा उपाधि जित हात पारेको ब्राजिलले हालसम्म ओलम्पिकमा स्वर्ण पदक जितेको छैन् । त्यसैले ब्राजिलियन फुटबल टिमका कप्तान नेइमारले रियो ओलम्पिकमा नसकेको उपलब्धिलाई आफ्नो कप्तानीमा पुरा गर्न चाहन्छन् । सन् १९८४ र १९८८ को ओलम्पिकमा ब्राजिलले रजत पदकमा चित्त बुझाएको थियो । यस्तै, १९९६ र २००८ को ओलम्पिकमा कास्यमा चित्त बुझाउन बाध्य हुनु परेको थियो । ८ पल्ट ल्याटिन अमेरिकाको महत्वपूर्ण कोपा अमेरिकाकप जितेको ब्राजिल आफ्नै घरमा पहिलो ओलम्पिक खेल्दैछ । त्यसैले फुटबलबाट ब्राजिलले स्वर्णको अपेक्षा गरेको छ । नेइमारले आफूले पाएको जिम्मेवारीलाई पूर्ण रूपले गहन गर्ने बताएका छन् । नेइमारले भने–‘यो मेरो लागि देशलाई ऐतिहासिक सफलता दिलाउने अवसर हो ।’ ब्राजिलले समूह ‘ए’ मा आज दक्षिण अफ्रिकाको सामना गर्दैछ । यो समूहमा यी दुईबाहेक इराक र डेनमार्क पनि रहेका छन् ।

brazil football neimar

विशेष