खेल

रोनाल्डोले मड्रिडसँग थपे सम्झौता

रोनाल्डोले मड्रिडसँग थपे सम्झौता
real madrid साउन २० । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडसँगको सम्झौता थपेका छन् । उनी सन् २०२१ सम्म उक्त क्लवमा आवद्व रहने बताएका छन् । अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार युरोकप जितेसँगै मियामीमा छुट्टी मनाइरहेका रोनाल्डोले रियलका अध्यक्ष फ्लोरेन्टिन्हो पेरेजसँग फोनमा कुरा गर्दै सम्झौता नविकरण गरेका हुन् । समाचारमा जनाइएअनुसार रोनाल्डोको बार्षिक पारिश्रमिकमा कुनै उल्लेख्य परिवर्तन भएको छैन । उनले अहिले रियलबाट वार्षिक १६.६ मिलियन पाउण्ड पारिश्रमिक लिँदै आएका छन् । युरोकपको फाइनलमा फ्रान्सबिरुद्ध बायाँ घुँडाको चोट व्यहोरेका रोनाल्डो अहिले आराम गरिरहेका छन् । उनी सेप्टेम्बरसम्म मैदानबाहिर रहने बताइएको छ ।

football khel Real Madrid

विशेष