खेल

५० वर्षको किर्तीमानलाई रोस्टनले गरे बराबरी

५० वर्षको किर्तीमानलाई रोस्टनले गरे बराबरी
roston साउन २० । वेष्ट इन्डिजका छैटौं नम्बरमा व्याटिङ गर्न आएका रोस्टन चेसले ५० वर्षअघि आफ्ना स्टार पूर्व खेलाडी ग्यारी सोर्बसले बनाएको कीर्तिमानलाई बराबरी गरेपछि भारतसँगको दोस्रो टेष्ट विना निष्कर्ष टुंग्याइएको छ । सन् १९६६ मा सोर्बसले हेडिङ्लेमा इङ्ल्यान्डविरूद्ध १ सय ७४ रनको सतकीय इनिङसहित ५ विकेट लिने कीर्तिमान बनाएका थिए । त्यसैलाई बराबरी गरेका रोस्टनले वर्षाबाट प्रभावित दोस्रो टेष्टमा भारतलाई जीतबाट रोकेका छन् । बुधबार अन्तिम दिन रोस्टनले अविजित १ सय ३७ रन बनाएपछि वेष्ट इन्डिजले दोस्रो इनिङमा ६ विकेटको क्षतिमा ३ सय ८८ रन बनायो । रोस्टनले भारतविरूद्ध पहिलो इनिङमा ५ विकेट पनि लिएका थिए । दोस्रो टेष्ट खेलिरहेका रोस्टन सतक र ५ विकेट लिने तेस्रो खेलाडी भएन् । सबिना पार्कमा छैटौं नम्बरमा ब्याटिङ गरेर सतक बनाउने रोस्टन पहिलो ब्याट्सम्यान बनेका छन् ।

विशेष