यौन-शिक्षा स्वास्थ्य

योनी संक्रमित हुनबाट जोगाउने उपायहरु

योनी संक्रमित हुनबाट जोगाउने उपायहरु

sex-ed2

ब्याक्टेरियल भ्याजिनोसिस 

योनिमार्गमा हुने गार्डनेरेला भनिने जीवाणु अत्याधिक रुपमा बढेर हुने यो समस्यामा माछा जस्तो गन्हाउने पानी आउँछ , जुन यौनसम्पर्कपछि वा महिनावारीपछि अझ स्पष्ट रुपमा देखा पर्छ ।

ट्राइकोमोनियासिस

टाइकोमोनास भ्याजिनालिसको संक्रमणबाट हुने यौन समस्यामा योनि चिलाउँछ । यसमा बाक्लो योनिश्राव हुन्छ र त्यो हरियो, पहेलो वा क्रिम किसिमको हुन सक्छ । योनि फिज जस्तो पनि देखिन्छ । योनि तथा भंग क्षेत्र दुख्न सक्छ र पिसाबफेर्दा पनि पीडा हुन सक्छ । चिलाउने र योनिश्राव महिनावारी सकिनासाथ बढी हुन्छ ।

क्यान्डिडियासिस

यो क्यान्डिया एल्विकास भनिने एक प्रकारको ढुसीको संक्रमण यो । थोरैमात्रामा यो योनिमा हुने भए पनि विशेष गरेर ग्लुकोजको मात्रा बढीभएको तथा योनिमार्गबढी अम्लीय भएका बेला यो समस्या देखा पर्छ । यसमा एकदमै चिलाउँछ । योनिश्राव बाक्लो, सेतो तथा चीज जस्तो हुन्छ र कतिपयले यसलाई दही जस्तो पनि भन्छन् । माछाको जस्तो गन्ध आउछ । यौनसम्पर्कमा पनि पीडा हुनसक्छ । महिनावारी भएका बेला यसका लक्षण कम हुन्छन् । त्यसबाहेक अन्य कतिपय यौनरोग पनि योनिको संक्रमण गराउन सक्छन् । कारक तत्वको पहिचानपछि त्यसैअनुसार औषधी सेवन गर्नुपर्ने हुन्छ ।

कतिपय योनि वा प्रजनन् अङ्गको संक्रमण हुन योनसम्र्पक नै हुनुपर्छ भन्ने छैन । ब्याकटेरियल भ्याजिनोसिस वा क्यान्डिडियासिसजस्ता संक्रमणका लागि अर्को व्यतिmसँग यौनसम्पर्क गर्नु पर्दैन । योनिमा यी जीव जहिले पनि हुन्छन् तर कुनै लक्षण देखिँदैन । विभिन्न कारणले योनिको वातावरणमा परिवर्तन आउन सक्छ । योनिको अनावश्यक अत्याधिक सरसफाइ वा सरसफाइको कमी, साबुन वा अन्य सुगन्धित वस्तुको प्रयोग,सुगन्धित ट्याम्पोनको प्रयोग, एन्टिवायोटिक औषधीको सेवन अनि महिनावारी चक्रजस्ता कतिपय कुराका कारण योनिको वातावरण तथा अम्लियपनमा परिवर्तन हुन जाँदा एक वा अर्काे किसिमको सुक्ष्म जीवको वृद्धि हुन्छ सही निदानको अभावमा तपाईकी केटीसाथीलाई यौन संक्रमित रोग भए–नभएको भन्न सकिने कुराभएन तर यहाँ तपाईकी केटीसाथीको योनिको संक्रमणका कारणले यौन सम्पर्क गर्नबाट परहेज भएको भन्दापनि तपाईको शंका मूल समस्याका रुपमा रहेको पाइन्छ ।

त्यसैले समस्या निवारणकालागि तपाईको शंका समाधान गर्ने प्रयास गर्नु पर्छ जुन सजिलो छैन । यदि तपाई आफ्नो केटीसाथीलाई माया गर्नुहुन्छ भने सम्बन्धको आधार मायालाई नै बनाउनुहोस न कि शंकालाई यति गर्न सक्नुभयो भने सुखद प्रणय सम्बन्ध तपाईको अघि छ ।

साप्ताहिकमा डा. राजेन्द्र भद्राले दिएको सुझाब

Health woman

विशेष