कभर स्टोरी विचार

प्रचण्डजीले माला लगाउनुभएको हो ? हैन कसरी भन्नु

प्रचण्डजीले माला लगाउनुभएको हो ? हैन कसरी भन्नु

Sujata

सरकार परिवर्तनका बारेमा मलाई बोल्न मनपनि छैन । यस्तो लाजमर्दो अवस्था बनिसक्यो । सरकार बन्न पाएको हुंदै जाने दिनगन्ति शुरु भइसकेको हुन्छ । म आइक्याप भन्ने अन्तर्राष्ट्रिय संस्थामा आबद्ध छु । विश्वभरका महिला नेतृहरु त्यसका सदस्य छन् ।

बंगलादेशको प्रधानमन्त्री शेख हसिना, पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालगायतका देशको नेतृत्व लिइसेकेका व्यक्तित्वहरु यो संस्थामा हुनुहुन्छ । सबैले सोध्छन्, ‘प्रचण्डजीले माला लगाएको हो ?’ होइन कसरी भनुं, हो भन्दा सबै हास्छन् । धेरै देशका उच्च ओहदाका मान्छेहरु मेरो सम्र्पकमा छन् । मलाई त लाजै लाग्न थालिसक्यो । बिहान श्रीलंकाको एकजना मेयरले नेपालमा यस्तो विधि के जात्रा भएको भनेर चिन्ता व्यक्त गर्दै थिए । स्थिरता कसरी आउंछ नेपालमा भन्ने चिन्ता सबैको छ ।

उनीहरुले समेत हाम्रो चिन्ता गरिरहेका छन् । हाम्रैलाई यसको चिन्ता छैन । साच्चै भन्नुहुन्छ भने देशको खराब राजनीति देख्दा एकदमै लाज लागेको छ । बाहिरफेरका साथीसँग बोल्नपनि धक लाग्ने स्थिति छ । यस्तो जोक्कर शैलीमा सरकार हेरफेर कहिपनि हुंदैन । सरकार किन परिवर्तन भएको भन्ने कारणपनि छैन । एउटा प्रधानमन्त्री को ठाउमा अर्को प्रधानमन्त्री ल्याउन र कसैको रहर पूरा गर्नमात्रै यस्तो विधि खेल भइराखेको छ । नौ–नौ महिनामा सरकार परिवर्तन गर्ने रोगले देशलाई खत्तम बनाउने भयो ।

प्रचण्डजी प्रधानमन्त्री हुनुभयो, अब ९ महिनापछि अर्को कसैलाई माला लगाउने रे । यस्तो पनि हुन्छ ? अब प्रचण्डजीले निरन्तरता पाउनुपर्छ । उहांलाई नै ३ वटै निर्वाचन गर्ने जिम्मा दिउ । हामी सबैले सहयोग गरौं । निर्वाचनपछि आउने प्रधानमन्त्रीले पूरा कार्यकाल काम गर्न पाओस् । माला फेर्नकै लागि देशको अवस्था बिगार्न हुंदैन भन्ने मेरो धाराणा छ ।

ओली सरकार फेर्न हुंदैनथ्यो । ओलीजीको सरकार रहिरहंदा कस्को के क्षति हुन्थ्यो । माला लगाउनेहरुलाई बाहेक अरुलाई त केही भएको थिएन । मैले स्थिरताका लागि सरकार ढाल्ने काम नगरौं भनेको मलाई ओलीको भक्तसम्म भन्न भ्याए । मे किन भक्त हुन्छु ? मेरो आफ्नै दृष्टिकोण, पहिचान र इतिहास छ । मसँग दूरगामी सोच छ । स्थिर सरकार बिना देश बन्दैन भन्ने सोचले मैले सरकार ढाल्ने काम नगरौं भनेको हो ।

हामीले गल्ति गरिसक्यौं । अब प्रचण्डजीको समयावधि तोकेर फेरी गल्ती गर्ने ? प्रधानमन्त्रीलाई नराम्रो काम गर्दा कस्ने र राम्रो काम गर्दा सहयोग गर्ने पो हो । म्याद तोकेर कमजोर बनाउन हुंदैन । उहाँ जाने र अर्कोले माला लगाउने समयपनि तोकिएको भन्दा देशको छबी अन्तर्राष्ट्रिय जगतमा के हुन्छ ? यस्तो बदनामी गर्न पाइन्छ राजनीतिज्ञले ? तपाईहरुले (पत्रकारको) बाहिरफेर उत्तर दिनुपर्दैन । तपाईहरुलाई त प्रश्न गरे पुग्छ । हामीले त उत्तर दिनुपर्छ । अरुले प्रश्न उठाउंदा हाम्रो शीर निहुरिने गरी सरकार परिवर्तनको खेल भइराखेको छ । तपाई नै भन्नुहोस् देशको अवस्था कस्तो भइराखेको छ ।

मन्त्रिपरिषद् गठन बारे

म्यादी सरकारका बारेमा मेरो भन्नु खाशै केही छैन । म त प्रचण्डजीलाई संविधान कार्यान्वयन गर्ने गरी निरन्तरता दिऊं । ०७४ साल माघसम्ममा हरहालतमा तीन वटै चुनाव हुनुपर्छ । यसमा कुनै सम्झौता गर्न सकिदैन । अब नौ महिनामा सरकार फेरिए त्यो सम्भव होला ? गम्भीर छ । सबैले कुरा बुझ्न सक्नुपर्छ । देश र राजनीति रहेमात्र नेता हुंने हो ।

केही साथीहरु मन्त्री हुनुभएको छ । केही हुनुहोला । यो ठूला कुरा होइन । राम्रै साथीहरु जनुभएको छ । ठूलो कुरा समझदारीको हो । शेरबहादुरजीले रामचन्द्रजीसँग सल्लाह गर्नुपर्दैन ? उहांले कम्तिमा पनि को महिलालाई पठाऊं भनेर मसँग सल्लाह गर्नुपर्दैन ? म संर्घष गरेर आफ्नै बलबुतामा यहाँसम्म आइपुगेकी हुं । अण्डरमाइन गर्न पाईदैन । सल्लाहमा काम गर्नुपनर्छ भन्ने हो ।

अब फेसबुकमा सक्रिय

पहिले पहिले मैले फेसबुकमा फोटो मात्रै राख्थे । हिजोबाट मैले बिचार राख्न शुरु गरेकी छु । तीन वटै चुनाव ०७४ माघसम्म जसरी भएपनि गराउनुपर्छ भन्ने मेरा स्पष्ट मान्यता छ । दाँयाबाँया हुँदैन । मैले अब राजनीतिक धारणा नियमितरुपमा फेसबुकमा अपडेट गर्छु । ताकी सबैलाई मेरो धारणा स्पष्ट होस् । (टेलिफोन कुराकानीमा आधारित)

Prachanda Sujata Koirala

विशेष