गायिका कि आइटम गर्ल
इन्दिरा जोशी लाकप्रिय गायिका हुन् भन्ने कुरा प्रमाणित गराइरहनु पर्दैन । पप, आधुनिक, चलचित्र हुदँै राष्ट्रिय गीतसमेत गााइसकेकी इन्दिराले गाायनमार्फत आफूलाई प्रमाणित गरिसकेकि छन् । चलचित्र ‘लुट’ को ‘उध्रेको चोली....’पछि इन्दिरा आइटम गायिकाको उपनामसमेत गायन । त्यतिसम्मत ठीकै थियो, अघिल्लो वर्ष प्रदर्शनमा आएको एउटा चलचित्रमा त उनी ‘आइटम गर्ल’ के रुपमा प्रस्तुत भइन् ।
चलचित्र ‘फन्को’को ‘लोकल ब्युटी’ गतिमा इन्दिराले आवाज मात्र दिइनन् आइटम नृत्य नै गरिन् । नायिका प्रियंका कार्कीसँगै सारीमा कम्मर मर्काउने इन्दिराले अहिले आएर त्यसको फल पाएकी छिन् । हालै घोषणा गरिएको डी सिने उवार्डमा यसै वर्षदेखि थपिएको ‘आइटम डान्स’ को विधामा इन्दिरा पनि मनोनित छिन् । साउन २९ गते वितरण गरिने यो एवार्डमा इन्दिराले आइटम डानसको उवार्ड नै पाइन् भने उनलाई आइटम गायिका भन्ने कि आइटम गर्ल ? अन्यौल हुन सक्छ । त्यसो त यसमा इन्दिराले आफूलाई गायिका मात्र मानिदिन आग्रह गर्ने सम्भावनाचाहिँ प्रबल छ । साप्ताहिकबाट
Indira Joshi