
साउन - २१ । पाँचथर, तेह्रथुममा खेताला हिँडेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । लालीगुराँस नगरपालिका–६ कि सीता याख्खा घरनजिकै मृत अवस्थामा भेटिएकी हुन् ।
बिहान घरबाट खेताला जान्छु भनेर निस्किएकी सीता घर नजिकैको निबारोको रुखमुनि हिजो साँझ मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी नायब निरीक्षक मोहन खतिवडाले जानकारी दिए । रासस
Death
panchthar