मनोरञ्जन

‘बाहुबली द कनक्लुजन’ अप्रिल २८ मा रिलिज हुने

‘बाहुबली द कनक्लुजन’ अप्रिल २८ मा रिलिज हुने
bahubali-prabhas साउन – २१ । दक्षिण भारतका सफल निर्देशक एस राजामौलिले निर्देशन गरेको अत्यन्त सफल फिल्म ‘बाहुबलि’को दोस्रो भाग ‘बाहुबली द कनक्लुजन’ सन् २०१७ अप्रिल २८ मा रिलिज हुने भएको छ । फिल्मका एक निर्माता करण जोहरले ट्वीटरबाट फिल्म आगामी अप्रिल २८ मा रिलिज गर्न लागिएको जानकारी दिएका छन् । सन् २०१५ को जुलाई १० मा रिलिज गरिएको ‘बाहुबली द बिगिनीङ’ले भारतीय बक्स अफिसमा तहल्का मच्चाएको थियो । १ सय २० करोडको लागतमा बनेको ‘बाहुबली’को पहिलो भागले ६ सय करोडको व्यापार गरेको थियो । बाहुबली यति व्यापार गर्ने पहिलो दक्षिण भारतको फिल्म हो । ‘बाहुबली द कनक्लुजन’लाई करिब १ सय ३० करोड भारतीय रुपैयाको लागतमा निर्माण गरिदै छ । पहिलो भाग कै कलाकार रहेको दोस्रो भागको ४० प्रतिशत सुटिङ पहिलो भागको सुटिङ गर्दा नै सकाइएको थियो ।

bahubali 2

विशेष