
साउन – २१ । पोर्चुगलले अर्जेन्टिनालाई २–० गोलको अन्तरले पराजित गर्दै रियो ओलम्पिक पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ ।
गएराति भएको समूह ‘डी’को खेलमा पोर्चुगलले अर्जेन्टिनालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
समूह ‘डी’कै अर्को खेलमा होन्डुरसले अल्जेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
समूह ‘डी’को दोस्रो खेलमा अर्जेन्टिनाले आइतबार अल्जेरियाको सामना गर्ने छ भने पोर्चुगलले होन्डुरससँग खेल्नेछ ।
Olympic
Portugal