महान्यायाधिवक्तामा रमण श्रेष्ठ नियुक्त
साउन २१ । नेपाल सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता नेपाल बार एसोसिएसनका पूर्व महासचिव रमण श्रेष्ठ नियुक्तीको लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कानुनी सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो । २०४४ साल देखि वकालत गर्दै आएका श्रेष्ठ २०१७ सालमा बागलुङ बजारमा जन्मिएका थिए । कानुन व्यवसायको क्षेत्रमा निडर र स्पष्ट बक्ताको पहिचान बनाएका श्रेष्ठ अघिल्ला महान्यायाधिवक्ता हरी फुयाँलले राजीनामा दिए पछि रिक्त रहेको पदमा सिफारिस भएका हुन् । श्रेष्ठलाई प्रधानन्यायाधीशले राष्ट्रपति समक्ष सपथ खुवाएर जिम्मेवारी दिनेछन् ।
सरकारलाई आवश्यक कानुनी सल्लाह, सरकारवादी मुद्दाहरुको पक्षमा वकालत गर्ने जिम्मेवारी महान्यायाधिवक्ताको हुन्छ । सरकार परिवर्तनसँगै आफु अनुकुलको महान्यायाधीवक्ता नियुक्ति गर्ने चलन छ ।
mahanyadhibakta