दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासघंमा नेपालका अन्जन धमला उपाध्यक्ष
साउन - २१ । दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासघंमा नेपालका अन्जन धमला वरिष्ठ उपाध्यक्षमा निरविरोध निर्वाचित भएका छन् । महासंघ भारतको बैङलोरमा भएको थियो ।
नेपालले दक्षिण एसियाली तेक्वान्दोमा बोर्ड सदस्यता पनि हात पार्न सफल भएको छ । अधिवेशन मार्फत नै नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ (एनएमजिसी)का अध्यक्ष प्रविण कुमार कार्की केन्द्रिय सदस्यमा निर्वाचित भए ।
त्यस्तै दक्षिण एसियाली आइटिएफ तेक्वान्दोको अधिवेशनमा नेपाल आइटिएफ तेक्वान्दो महासघंका अध्यक्ष समेत रहेका धमला वरिष्ठ उपाध्यक्षमा चयन भए ।
लामो समय आइटिएफ तेक्वान्दोमा योगदान गरेका धमला निर्विरोध चयन भएका हुन् । दक्षिण एसियामा आइटिएफ तेक्वान्दो खेल विकास विशेष योगदान भएकै कारण धमलाले जिम्मेवारी पाए ।
यसअघि बुल्गेरियामा भएको विश्व आइटिएफ तेक्वान्दोको कग्रेसमा महासघंले उनलाई आउटस्ट्यान्डिङ अवार्डबाट पनि सम्मान गरेको थियो । छोटो समयमा नेपालमा आइटिएफ तेक्वान्दो खेल विकासमा अथक भूमिका निर्वाह गरेवापत आइटिएफ तेक्वान्दोको महासघंले धमलालाई अवार्ड प्रदान गरेको थियो ।
Anjan Dhamala
Tekwando