खेल

नेमार गोल गर्न असफल, दक्षिण अफ्रिकासँग बराबरी

नेमार गोल गर्न असफल, दक्षिण अफ्रिकासँग बराबरी
Neymar23 साउन – २१ । ब्राजिल दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमा रोकिएको छ । नेश्नल मानेमा रंगशालामा भएको खेलमा ब्राजिलका स्टार खेलाडी नेइमार १० खेलाडीमा सीमित भएको दक्षिण अफ्रिकाविरुद्ध गोल गर्न असफल रहे । समूह ‘ए’ मा रहेको आयोजक राष्ट्र ब्राजिल र दक्षिण अफ्रिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस्तै गएराति नै भएको समूह ‘ए’को अर्को खेलमा इराक र डेनमार्कले पनि गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । समूह ‘ए’मा आयोजक राष्ट्र ब्राजिलसँगै दक्षिण अफ्रिका, इराक र डेनमार्क छन् ।

brazil Brazil Football Nymar Rio Olympic

विशेष