खेल

‘खेलकुद क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा चिनाउनेगरि काम थाल्नेछु ।’ - खेलकुदमन्त्री

‘खेलकुद क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा चिनाउनेगरि काम थाल्नेछु ।’ - खेलकुदमन्त्री
साउन २१ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलकुद जगतमा देखिएका विकृति, विसंगति हटाएर अन्तराष्ट्रिय स्तरको बनाउन आफूले विशेष पहल गर्ने बताएका छन् । ‘खेलकुद जगतलाई अन्तराष्ट्रिय स्तरको बनाउनका लागि पनि विशेष पहल गर्नेछु, केही ऐन कानुन बनाउनुपर्ने छन्, मेरो पहिलो ध्यान त्यतैतिर हुन्छ’ शुक्रबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा मन्त्री श्रीपाइलीले भने, ‘खेलजगतमा आवद्ध अग्रज र दिग्जहरुसँगको सरसल्लाहबाटै अघि बढ्छु ।’ उनले नेपाली खेलाडीको सीप, क्षमता र दक्षता नै खेलकुद क्षेत्रको पुँजी भएको उल्लेख गर्दै भने, ‘नेपालको खेलकुद क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा चिनाउनेगरि काम थाल्नेछु ।’ उनले भने – ‘खेलाडीको स्वास्थ्य बीमादेखि अन्य केही नीतिगत निर्णयहरु गर्नुपर्ने आवश्यकत्ता छन् म त्यसलाई पूर्ण रुपमा व्यवहारमा उतार्न लागिपर्छु ।’ खेलकुदबाटै आफ्नो राजनीतिक जीवन सुरु भएको स्मरण गर्दै मन्त्री श्रीपाइलीले आफ्नो अनुभव, सीप र भिजनलाई व्यवहारमा उतार्न सबै पक्षसँग सहमति, सहकार्य र एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । ‘खेलकुदमा थुप्रै समस्याहरु छन् हामी सबै मिलेर समस्या समाधान गर्नुपर्छ ।’ उनले खेलकुद क्षेत्रमा योगदान पुर्याउने साथीहरु, खेलप्रेमी, खेलाडी र प्रशिक्षकबाट आफूलाई बधाई तथा शुभकामना आइरहेको उल्लेख गर्दै भन्नुभयो, ‘म सवैसँग मिलेर नै यो क्षेत्रको विकास र प्रर्वद्धनमा लागिपर्छु ।’

daljit sripaili

विशेष