खेल

एक्सटेपको ब्रान्ड एम्बेसडर भए विमल घर्ती

एक्सटेपको ब्रान्ड एम्बेसडर भए विमल घर्ती
bimal-gharti-magarसाउन – २१ । स्पोर्टस वेयर कम्पनी एक्सटेपले नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरलाई ब्रान्ड एम्बेसडर बनाएको छ । एक्सटेप चिनको अन्तराष्ट्रिय खेलकुद सामग्री र पोशाख उत्पादन कम्पनी हो । एक्सटेपले बिलमसँग एक वर्षका लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा बिहिबार एक्टेप ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका निर्देशक गणेश श्रेष्ठ र विमल घर्ती मगरले हस्ताक्षर गरे । सम्झौता अनुसार विमलले एक्सटेप ब्रान्डको पोशाख, जुत्ता लगायतका सामग्री लगाएर बजार प्रवद्र्धनमा सहयोग गर्नेछन् । एक्टेपले भने विमललाई पोशाख लगायत सम्मानजनक आर्थिक रकम उपलब्ध गराउने छ । एक्सटेप ब्रान्डको चीनमामात्र सातहजार आधिकारिक विक्रि केन्द्र रहेको छ । विमलसँगको संझौतासँगै एक्सटेपले बिहिबार देखि नै नेपालमा औपचारिक ब्यापार समेत सुरुआत गरेको छ ।

bimal gharti magar

विशेष