समाज

प्रवेशिका पूरक परीक्षा सम्पन्न, एक महिनाभित्र नतिजा सार्वजनिक

प्रवेशिका पूरक परीक्षा सम्पन्न, एक महिनाभित्र नतिजा सार्वजनिक
साउन - २१ । भक्तपुर,  प्रवेशिका पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा आज सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशभरका १९२ परीक्षा केन्द्रमार्फत सञ्चालन गरेको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए। परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ श्रेणी ल्याउने नियमिततर्फ र एक्जाम्टेडतर्फबाट करिब ७३ हजार परीक्षार्थी सहभागी भए । यही साउन १४ गतेदेखि सुरु भएको परीक्षामा ‘डी’ र ‘इ’ ल्याउने सबै विद्यार्थी सहभागी भएनन् । उक्त श्रेणीका कतिपय विद्यार्थीले कक्षा ११ मा भर्ना भएका वा अन्य विकल्प रोजेका कारणले र प्रमाणपत्रमा उत्तीर्ण वा अनुत्तीर्ण भनेर उल्लेख नगरेका कारण परीक्षार्थीको सङ्ख्या घटेको कार्यालयले जनाएको छ । परीक्षा नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने जनाइएको छ । रासस

SLC

विशेष