खेल

ओलम्पिकको ३१ औं संस्करणकाे भव्य उद्घाटन

ओलम्पिकको ३१ औं संस्करणकाे भव्य उद्घाटन
This picture shows an overview of an orchestra playing during the opening ceremony of the Rio 2016 Olympic Games at the Maracana stadium in Rio de Janeiro on August 5, 2016. / AFP PHOTO / Antonin THUILLIER साउन - २२ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३१ औं संस्करण शुक्रबारदेखि ब्राजिलको राजधानी रियो दी जेनेरियोमा आधिकारिक रूपमा सुरु भएकाे छ । पुरुष र महिला फुटबलका प्रतिस्पर्धाहरू बुधबारबाटै सुरु भए पनि प्रतियोगिताको आधिकारिक उद्घाटन भने शुक्रबार साँझबाट मात्रै भएकाे हाे । आयोजक ब्राजिलले शुक्रबारदेखि १७ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटनकाे भव्य बनाउने तयारी गरेको थियाे । (160805) -- RIO DE JANEIRO, Aug. 5, 2016 (Xinhua) -- Fireworks explode over the Maracana Stadium during the opening ceremony of the 2016 Rio Olympic Games in Rio de Janeiro, Brazil, Aug. 5, 2016. ?Xinhua/Cao Can?(xr) उद्घाटन समारोहमा विभिन्न राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुखदेखि लिएर विशिष्ट पाहुनाहरू सहभागी भएका छन् । उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन, नेदरल्यान्ड्सका राजा विलेम एलेज्यान्डर, फ्रान्सेली राष्ट्रपति फ्राङ्कोइज होल्यान्ड, अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्री, अमेरिकी विदेश सचिव जोन केरीलगायतका विशिष्ट पाहुना रियो ओलम्पिकको उद्घाटन समारोहमा सहभागी भए । This picture shows an overview during the opening ceremony of the Rio 2016 Olympic Games at the Maracana stadium in Rio de Janeiro on August 5, 2016. / AFP PHOTO / François-Xavier MARIT उद्घाटन समारोहका लागि ब्राजिलले रियोस्थित माराकाना रंगशालालाई विशेष रूपमा तयार पारेको थियाे । ब्राजिलियन चलचित्र निर्देशन फर्नान्डो मेरिलेस नेतृत्वको टोलीले उद्घाटन समारोहका लागि विशेष कार्यक्रमको तयारी गरे । फर्नान्डोको नेतृत्वमा अन्य दुई निर्देशक डानिला थोमस र एन्ड्रयुचा वाडिङ्टन सम्मिलित टोलीले रियो ओलम्पिकको उद्घाटनको सम्पूर्ण कार्यक्रम तयार पारेका हुन् । Artists perform during the opening ceremony of the Rio 2016 Olympic Games at the Maracana stadium in Rio de Janeiro on August 5, 2016. / AFP PHOTO / JAVIER SORIANO उद्घाटन समारोहमा प्रस्तुत गरिने सांगीतिक तथा सांस्कृतिक कार्यक्रमका लागि ब्राजिलका चर्चित कोरियोग्राफर डेबोराह कोल्करले ६ सय स्वयम्सेवकलाई तयार पारेकाे थियाे । Fireworks are seen during the Opening ceremony for Rio 2016 Olympic games at Maracana Stadium in Rio de Janeiro on August 5, 2016.  / AFP PHOTO / YASUYOSHI CHIBA   [caption id="attachment_16915" align="alignnone" width="1500"]Spain's Rafael Nadal carries the flag and leads his delegation during the opening ceremony of the Rio 2016 Olympic Games at the Maracana stadium in Rio de Janeiro on August 5, 2016. / AFP PHOTO / Leon NEAL  AFP PHOTO / Leon NEAL[/caption]

Olympic Rio 2016

विशेष