खेल

फूपूल्हामु मंगलबार कठिन प्रतिद्धन्दी इस्पिनोसासँग भिड्दै

फूपूल्हामु मंगलबार कठिन प्रतिद्धन्दी इस्पिनोसासँग भिड्दै
phupulamu khatri साउन २२ । ब्राजिलमा सुरु भएको रियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी फूपूल्हामु खत्रीले आउँदो मंगलबार पहिलो चरणमा क्युवाकी खेलाडी २६ वर्षिया इस्पिनोसासँग प्रतिस्पर्धा गर्ने भएकी छन् । इस्पिनोसालाई हराउने सके फूपूल्हामु अन्तिम १६मा पुग्ने छिन् । १२ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्णपदक जितेकी फुपूले ६३ केजीमुनिको स्पर्धामा प्रतिस्पर्धा गर्न गर्न लागेकी हुन् । यो स्पर्धामा ओलम्पिकमा ३६ खेलाडी सहभागी छन् । फुपू भने कठिन समूहमा परेकी छन् । २१ वर्षकी फुपूले रियो प्रस्थान गर्नुअघि ओलम्पिकको पाँच मिनेट (पूरा खेल अवधि) टिक्ने बताएकी थिइन् । ओलम्पिकमा खेल्न पाउनु नै ठूलो कुरा रहेको बताउँदै उनले पूरा खेल अविधि टिक्ने प्रयास गर्ने बताइन् । फुपूल्हामु खत्रीले रियो ओलम्पिकको पहिलो चरणमा मरिसेट इस्पिनोसासँग मंगलबार प्रतिस्पर्धा गर्ने भएकी छन् । बिहीबार निकालिएको ‘ड्र’ अनुसार उनले कठिन प्रतिद्वन्दी पाएकी हुन् । युरोपियन टुरका प्रतियोगिता खेलेपछि रियो पुगेकी इस्पिनोसाले पान अमेरिका जुडो च्याम्पियनसिप २०१३ र २०१४ मा स्वर्णपदक जितेकी थिइन् । २६ वर्षीया उनी २०१६ मा भने रजतमा रोकिएकी थिइन् । फुपू र इस्पिनोसाबीचको विजेताले दोस्रो चरणमा विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी इजरायली यार्डेन गेर्बीको सामना गर्नेछन् । महिला र पुरुषका ७–७ गरी कुल १४ स्पर्धा समावेश जुडोमा १ सय ३६ देशका ३ सय ९० खेलाडी छन् ।

phupu lamhu

विशेष