खेल

रंगना र परेराले दोस्रो इनिङको जित श्रीलंकाको पक्षमा पारे

रंगना र परेराले दोस्रो इनिङको जित श्रीलंकाको पक्षमा पारे
srilanka साउन - २२ । तीन टेष्ट शृङखलाका लागि श्रीलंका भ्रमणमा रहेको अष्ट्रेलिया  दोस्रो टेष्टमा २२९ रनले पराजित भएको छ । अष्ट्रेलियाले दोस्रो दिनमा जितका लागि ४१३ रनको लक्ष्य पाएको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका पहिलो दिनमै २८१ रन जोडेर अलआउट भएको थियो । त्यसपछि ब्याटिङमा आएको अष्ट्रेलिया १०६ रनमै अलआउट भएको थियो । यो इनिङ अष्ट्रेलियाको श्रीलंकाविरुद्ध सबैभन्दा खराब प्रदर्शन हो । अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा रंगना हेराथले ह्याट्रिकसहित ४ विकेट लिए र दिलरुवान परेराले ६ विकेट आफ्नो नाममा पारे । यस सफलताका साथै दिलरुवान एकै टेस्टमा अर्ध शतक लगाउने र १० विकेट लिने पहिलो श्रीलंकन खेलाडी बनेका छन् । हेराथ भने ह्याट्रिक लिने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । उनको ह्याट्रिक श्रीलंका भूमिमा दोस्रो बनेको छ । यसअघि सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले ह्याट्रिक लिएका थिए । श्रीलंकाले अब अन्तिम टेष्ट अगस्ट १३ का दिन कोलम्बोमा खेल्ने छ ।

Australia cricet srilanka

विशेष