खेल

युरोेपको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक

युरोेपको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक
uefa साउन २२ । युरोपियन फुटबलको प्रशासनिक निकाय (युइएफए)ले प्रदर्शनको आधारमा युरोपको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम तीनमा परेका खेलाडीको नाम शुक्रबार सार्वजनिक गरेको छ । स्पेनिस क्लब रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल तथा एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान युरोपको उत्कृष्ट फुटबलर अवार्डका लागि अन्तिम तीनको मनोनयन परेका हुन् । लिओनल मेस्सी भने उत्कृष्ट खेलाडी अन्तिम तीनमा पर्न असफल भएका छन् । गतः वर्ष विजेता बनेका लियोनल मेस्सी यसपटक भने पाचौँ स्थानमा पुगेका छन् । चौथोमा भने बार्सिलोनाका लुइस स्वारेज छन् । आउँदो अगस्ट २५ मा सन् २०१५–१६ को युरोपको उत्कृष्ट खेलाडीको अवार्ड घोषणा हुनेछ । अवार्ड फ्रान्सको मानोकोमा हुने च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक गर्ने क्रममा रोनाल्डाले यसअघि सन् २०१४ मा अवार्ड जितेका थिए । बेल र ग्रिजम्यान दुवै पहिलो अवार्ड जित्ने दाउमा छन् ।

football football purskar

विशेष