मनोरञ्जन

दीपिका र प्रियंकाको हलिउडमा धमाकेदार इन्ट्री

दीपिका र प्रियंकाको हलिउडमा धमाकेदार इन्ट्री
dipika vs priyanka साउन २२ । हलिउड यस्तो क्षेत्र हो जहाँ बलिउड कलाकारले स्थान नै पाए पनि गतिलो पाउने सम्भावना हुँदैन । तर बलिउडका दुई नायिका दीपिका पादुकोण र प्रियंका चोपडाले लगभग एकै समय हलिउडमा राम्रो इन्ट्री मारे । दीपिकाले एकैपटक भिन डिजेलसँग ‘ट्रिपल एक्सः रिटर्न अफ जेन्डर केज’ मा स्क्रिन सेयर गर्ने मौका पाइन् । उता, टीभी सिरिज ‘क्वान्टिको’ मा लिड रोलबाट अभिनय थालेकी प्रियंकाले पनि यतिबेला ‘बेवाच’ मार्फत् हलिउडमा धमाकेदार इन्ट्री मार्ने तरखरमा छिन् । यी दुई नायिकाबीच यतिबेला हलिउडमा समेत प्रतिस्पर्धा चर्केको छ । यसबाट दीपिकालाई नयाँ सफलता मिलेको छ । उनलाई विश्वकै प्रतिष्ठित मानिने लाइफस्टाइल सम्बन्धी पत्रिका भ्यानिटी फेयरले गरेको सर्वेक्षणमा आशालाग्दा ११ हलिउड न्युकमर स्टारमा दीपिका दोस्रो नम्बरमा आएकी हुन् । फिल्मको नयाँ ट्रेलर आएपछि दीपिकाको चर्चा चुलिएसँगै त्यसको प्रत्यक्ष असर सर्वेक्षणमा परेको हो । ३० वर्षीया नायिका दीपिकालाई उछिन्दै एलिजावेथ डेबिकी पहिलो नम्बरमा छिन् । उनी अस्ट्रेलियन एक्टर हुन् । उनी‘द म्यान फ्रम यूएनसीएलई’ की भिलेन हुन् ।

dipika padukod priyanka chopra

विशेष