'पोकेमन गो'ले ओलम्पिक खेलाडीलाई बेहोस बनायो
साउन २२ । पोकेमन गो ‘जीपीएस’ सिस्टममा आधारित खेल हो । जसका लागि मोबाइलको डाटा अन गरेरमात्रै सो खेल खेल्न मिल्छ । मोबाइल खेलका क्रेजीहरू माझ निक्कै नै रुचाइएको छ पोकेपन गो ।
तर सोे गेम खेल्दा मोबाइलमा ३७ सय पाउन्ड बिल उठेपछि रियो ओलम्पिक खेलकुदमा सहभागी हुन ब्राजिल पुगेका जापानका जिम्नास्टिक खेलाडी कोहेइ उचिमुरा बेहोस नै भएका छन् ।
उचिमुरा सन् २०१२ को लन्डन ओलम्पिकका स्वर्ण पदक विजेता खेलाडी हुन् । रियो ओलम्पिकमा समेत उनलाई स्वर्ण पदकको दाबेदारका रूपमा हेरिएको छ ।
यद्यपि उचिमुराको मोबाइलको नेटवर्क सेवा प्रदान गर्ने कम्पनीले उनलाई केही सहुलियत दिलाएको छ । कम्पनीले उचिमुरालाई सो रकम एकै पटक तिर्नुभन्दा प्रतिदिन थोरै थोरै गरी तिर्न छुट दिएको छ । कम्पनीले उनलाई त्यसपछि प्रतिदिन २२ पाउन्डको मात्रै डाटा उपलब्ध गराउने सहमतिसमेत गरेको छ ।
रियो ओलम्पिक आयोजकले खेलाडीको प्रदर्शनमा असर पर्ने डरले प्रतियोगिता आयोजना हुने क्षेत्र वरिपरि पोकमनको नेटवर्क नआउने बनाएको थियो । तथापि आयोजकको सो निर्णयको खेलाडीले नै विरोध गर्दै आइरहेका छन् ।
pokeman