समाज

सरकारी पैसा कुम्ल्याउने तरिका सरकारी स्कुलका अध्यक्ष र हेडमास्टरलाई जति अरु कसलाई आउला !

सरकारी पैसा कुम्ल्याउने  तरिका सरकारी स्कुलका अध्यक्ष र हेडमास्टरलाई जति अरु कसलाई आउला !

sarkari schoolसाउन २३ । संखुवासभा जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थी १० महिनाभित्रै गायब भएका छन् । जिल्ला शिक्षा कार्यालयले विद्याथीको यकिन तथ्यांक प्रमाणित गर्न विद्यालयकै प्रधानाध्यापक र स्रोत व्यक्तिलाई जिम्मा दिएर तथ्यांक संकलन गरेपछि ठूलो संख्यामा विद्यार्थी नभेटिएका हुन् । संखुवासभाका जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम यति ठूलो संख्यामा विद्यार्थी नपाएपछि आफू चतिक भएको बताए । उनी विद्यार्थीलाई नक्कली भन्न नससकिएको तर नपाइएपछि विद्यालयले नक्कली बनाएर तथ्यांक पठाउने गरेको पुष्टि भएको बताए । अन्नपूर्ण पोस्टबाट

विशेष