पारिजात एक औषधी अनेक
साउन २३ । घरघरमा पारिजातको विरुवा रोपेको देखिन्छ तर यसको औषधीय गुण सबैलाई थाहा नहुन सक्छ स्वर्गमा राजा इन्द्रले पृथ्वीमा उपहारको रुपमा पठाएको यो विरुवा राति नै फुलेर राति नै झर्ने गर्दछ । यसमा निक्टेथिक अम्ल, ग्लाइको साइड, पामिटिक अम्ल, स्टीयरीक अम्ल, एस्ट्रोगेलिन, निक्टो फ्लोरीन, एस्कोर्विक अम्ल, केरोटिन,टेनिन आदि धरै तत्वहरु पाइन्छन् ।
उपयोग कृमिहन (पेटको किरा मार्ने) रक्तशोधक, मुक्तलक, यकृतविकार, श्वासप्रश्वास, कष्टार्तक, पित्तसारक, आमवातमा लाभकारी हुन्छ । हरीयो पत्ताको पकाएको रसलाई पिएमा लाभकारी हुन्छ । डाइविटिज नियन्त्रण, रक्तचाप घट्नुको साथै जोर्नी दुख्ने समस्या हराउँदछ । मृगौलालाईस्वस्थ राखि मजबुत बनाउदँछ । पेटको किरा मर्दछ । ज्वरो नियन्त्रण गर्दछ । एन्टिहिस्टामाइन तत्व पाइने हुनाले नियमित सात दिनसम्म पिउनाले एलर्जी हराउँदछ । साइटिका रोगको लागि त यो रामवाण औषधी मानिन्छ ।
एन्टी अक्सिडेन्ट तत्व पाइने हुनाले एड्सका जिवाणुलाई बढ्न दिँदैन । यसको फुल ८ १० वटा पानिमा पकाएर सात दिनसम्म पिएमा जण्डीस जरैदेखि समाप्त हुन्छ । यसको पात, बोक्रा, बिउ र फुल सबै ओषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।
Parijat