मनोरञ्जन

सलमान खान सर्वाधिक पारिश्रामिक लिने स्टार हिरो

सलमान खान सर्वाधिक पारिश्रामिक लिने स्टार हिरो
Salman साउन २३ । बलिउडमा सय करोडको बिजनेस गर्ने फिल्म कमै हुन्छन् । अहिलेसम्म सुपरस्टारको दर्जा पाएका तीन खान सलमान, शाहरुख र आमिर सहितका केहि कलाकारका फिल्म मात्रै सय करोडको बिजनेस आँकडा पार गर्न सफल हुन्छन् । १ सय करोड पारिश्रमिक लिने पहिलो सुपर स्टार सलमान खान परेका छन् । पछिल्लो रिलिज ’सुल्तान’बाट उनले १सय ६ करोड पारिश्रमिक लिएको बलिउड भाष्करले जनाएको छ । फिल्मको नाफाको बिजनेसमा ५० प्रतिशत हिस्सा सलमानले लिएको बताइन्छ । भारतमा मात्रै अहिलेसम् २ सय ९९ करोडको कारोबार गरिसकेको फिल्म ३ सय करोडको कारोबार नजिक छ । ३ सय करोड कारोबार गर्दैगर्दा बलिउडमा दुई फिल्म ३ सय करोड क्लबमा पुर्याउने बलिउडका एक मात्र हिरो सलमान खान बन्नेछन् । - एजेन्सीको सहयोगमा

salman khan

विशेष