मनोरञ्जन

प्रियङ्काको अर्को चलचित्र ‘राधे’

प्रियङ्काको अर्को चलचित्र ‘राधे’
priyanka-karki साउन २३ । लेखक जगदिश्वर थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘राधे’को लागि कलाकार छनौट टुंगीएको छ । निर्माता सुशील पोखरेलले चलचित्रमा प्रियंका कार्की अनुबन्ध भएको पुष्टि गरे । यसअघि नै निखिल उप्रेती, प्रमोद अग्रहरी र आशिष्मा नकर्मी फाइनल भइसकेका थिए । दुई दिन अगाडिमात्र अमेरिकाबाट फर्किएकी प्रियंकाले आए लगत्तै यो चलचित्रमा साइन गरेकी हुन् । निखिल र प्रियंकाले एकसाथ स्क्रिन सेयर गर्न लागेको यो पहिलो पटक हो । उक्त चलचित्रको सुटिङ भदौको पहिलो हप्ताबाट थालिनेछ । ५ वर्षपछि ‘भैरव’ मार्फत कमब्याक गरेका निखिलको यो ५ औं चलचित्र हो । उनले यहीँ वर्ष मात्र ‘संरक्षण’, ‘किङ’ र ‘निर्भय’को सुटिङ सम्पन्न गरिसकेका छन् । यसअघि निगरानी, बडीगार्ड, लभसभ जस्ता चलचित्रमा निर्माण गरिसकेका सुशील पोखरेलले थुप्रै नयाँ तथा पूराना अनुहार हेरेपनि चित्त बुझाएका थिएनन् ।

priyanka karki

विशेष