स्वास्थ्य

महिनावारी रोक्न औषधि सेवन गर्नुहुन्छ ? होस् गर्नुहोस् बाँझोपन हुन सक्ला

महिनावारी रोक्न औषधि सेवन गर्नुहुन्छ ? होस् गर्नुहोस् बाँझोपन हुन सक्ला
chakki साउन २३ । महिनावारी हरेक महिलामा हुने प्राकृतिक प्रक्रिया हो । यौवन अवस्थामा पुगेपछि महिलाहरु नियमित रुपमा महिनावारी हुने गर्दछन् । हरेक महिनामा हुने महिनावारीलाई महिलाले चाहेर पनि रोक्न सक्दैनन् । यस्तो समयमा महिलाहरुले महिनावारी रोक्न वा पछि सार्नको लागि औषधि सेवन गर्ने गरेको पाइन्छ । यो महिलाको लागि क्षणिक रमाइलोका लागि फाइदाजनक भएपनि स्वास्थ्यमा भने यसले नराम्रो असर पारेको हुन्छ । यस्ता औषधिले स्वास्थ्यमा असर पार्ने कुरा थाहा नपाउँदा कतिपय महिलाले यसको प्रयोग गरेको पाइन्छ भने कतिले थाहा पाएर पनि बाध्यतावस सेवन गर्ने गरेका छन् । स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा हुँदा हुँदै पनि औषधिको प्रयोग गर्नेको संख्या आजभोलि बढ्दो दखिन्छ । महिनावारी रोक्न प्रयोग गरिने औषधि हर्मोनको चक्की हो । हर्मोन चक्कीको कारण सामान्य हर्मोनको मात्रा फरक पर्न जान्छ । हर्मोनको परिवर्ततनका कारण तत्कालका लागि महिनावारी पछि सर्न जान्छ । तर, यसले पछि गएर महिनावारीमा गडबढी उत्पन्न हुने, छिटो समयमा रोकिने जस्ता समस्या देखिन्छ । सामान्यतया यसको सेवनले वाकवाक लाग्ने, रिंगटा लाग्ने, धेरै सेवन गरेमा शरीर सुन्निने जस्ता समस्या देखिन्छ । साथै यसले दिर्घकालिन असर पनि पारेको हुन्छ । विवाहित महिलाले औषधि सेवन गरेमा यदि गर्भ रहेको छ भने बच्चालाई समेत असर पार्न सक्छ । जति बेला औषधि सेवन गरिएको हुन्छ त्यतिबेला गर्भ रहेको नरहेको थाहा हुँदैन । औषधि सेवनपछि गर्भ रहेको थाहा पाएका बच्चालाई असर गर्ने हो की भन्ने चिन्ता रहिनै रहन्छ । जसले अस्थाई साधन प्रयोग नगरी शारीरिक सम्बन्ध राखेको हुन्छ, त्यस्ता महिलाहरुले महिलाले महिनावारी पर सार्ने औषधि सेवन गर्नु हुँदैन । तर औषधि सेवनको समयमा गर्भ रहेमा बच्चालाई असर गर्ने डरमा गर्भपतन भने गरी हाल्नु पर्दैन । यसले एक प्रकारको मानसिक तनाव भने रहिनै रहन्छ साथै महिनावारी रोक्ने औषधि सेवनका कारण मासिक रक्तश्रावमा गडबढी उत्पन्न भई समयमा गर्भ नरहने सम्भावना पनि रहन्छ । जुन काम महिलाले आफैं नगरिकन नहुने तथा अत्यावश्यक अवस्थामा मात्र औषधिको सेवन गर्नुपर्छ । सानो सानो कामका लागि, पूजा वर्त जस्ता कामका लागि यसको सेवन नगर्नु नै राम्रो हुन्छ ।

garba chakki

विशेष