खेल

गौरिका ३३ खेलाडीका साथ प्रतिस्पर्धामा

गौरिका ३३ खेलाडीका साथ प्रतिस्पर्धामा
gaurika साउन २३ । रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंहले आइतबार प्रतिस्पर्धा गर्दै छिन् । गौरिकाले एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरण ‘हिट’ मा प्रतिस्पर्धा गर्न लागेकी हुन् । यो स्पर्धामा गौरिकासहित ३३ खेलाडी छन् । गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य रहेको बताएकी छन् । उनले यो स्पर्धामा एक मिनेट ७ दशमलव ३१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएर कास्य जितेकी थिइन् । १२ स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी उनले ओलम्पिकमा आफ्नो प्रदर्शन थप सुधार गर्ने बताएकी छन् ।

gaurika singh rio olampik

विशेष