स्वास्थ्य

दाँतको संक्रमणबाट मुटु रोगको जोखिम उच्च

दाँतको संक्रमणबाट मुटु रोगको जोखिम उच्च
teeth साउन – २३ । के तपाईंको दाँतको माथिल्लो खण्डमा संक्रमण भएको छ ? होस् गर्नुहोस् जर्नल अफ डेन्टल रिसर्चमा प्रकाशित अध्ययनअनुसार दाँतको माथिल्लो खण्डमा संक्रमणले मुटु रोगको जोखिमलाई बढाउन सक्ने देखाएको छ । अध्ययनअनुसार यो संक्रमण धेरै सामान्य र लक्षण रहित हुन्छ । तर यसको उपचार नगरे यो घातक रोगको कारण पनि बन्न सक्छ । रुट कैनेलमा उपचार आवश्यकता रोगीहरूको उपचार प्राप्त नहुँदा यो नभएको रोगीको तुलनामा ‘एक्युट कोरोनरी सिन्ड्रोम’, को खतरा २.७ प्रतिशत सम्म बढ्छ । यो अध्ययनमा ५०८ रोगीको अध्ययन गरियो जसको औसत आयु ६२ वर्ष थियो । अध्ययनअनुसार मुखको संक्रमणले शरीरको अन्य भागलाई समेत प्रभावित गर्छ ।

mutu rog teeth

विशेष