बच्चालाई पटमा दिसा–पिसाब गराउनु अघि यो अवश्य पढ्नुहोस्
आधुनिक संसारमा मानिसको जीवनशैली पनि आधुनिक भइसकेको छ । तर आधुनिकताको नाममा कतिपय कामले स्वास्थ्यमा असर पारिरहेका छन् ।
आजकाल अधिकांशले बच्चालाई सानैमा पटमा राखेर दिसा–पिसाब गराउने चलन व्यापक छ । ६–७ महिना भएपछि बच्चालाई पटमा राख्न सिकाइन्छ । तर, सानै उमेरका बच्चालाई पटमा दिसा–पिसाब गर्न दिँदा स्वास्थ्यमा गम्भीर असर निम्तिन सक्छ ।
तीन वर्षभन्दा कम उमेरका बच्चालाई पटमा राखेर दिसा–पिसाब गराउनु उचित काम होइन । सानै उमेरमा बच्चालाई यसो गर्दा बच्चाको ब्लाडर (मूत्रथैली) पर्याप्त रूपमा बलियो भइसकेको हुँदैन । कम उमेरका बच्चा पटमा बस्दा अपचको समस्या निम्तिने खतरा पनि उत्तिकै रहन्छ ।
बच्चाको कलिलो मलद्वार क्षतिग्रस्त हुनसक्छ र मूत्रनलीमा संक्रमणको सम्भावना हुन्छ । यस कुरामा हरेक अभिभावक सचेत हुन जरुरी छ । प्रा.डा. स्टिभ होजेस वरिष्ठ युरोलोजिस्ट वेक फरेस्ट युनिभर्सिटी, क्यालिफोर्निया
beby pat