ताजा खबर

'साझा प्रकाशन मर्न दिन्न' - प्रधानमन्त्री दाहाल

'साझा प्रकाशन मर्न दिन्न' -  प्रधानमन्त्री दाहाल
Pushpa-Kamal-Dahal साउन - २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले साझा प्रकाशनको समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएका छन् । प्रकाशनका पदाधिकारीले आज उनको सरकारी निवास बालुवाटारमा संस्था बचाइदिन आग्रह गरेपछि प्रधानमन्त्री दाहालले उक्त आश्वासन दिए । प्रधानमन्त्री दाहालले मुलुकको भाषा साहित्याको जगेर्ना गर्ने सो संस्था कुनै पनि हालतमा मर्न नहुनेमा आफू स्पष्ट रहेको अवगत गराएका थिए। प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्था विगतको अनियमितता र पाठ्यपुस्तक वितरणको काम खोसिएका कारण आर्थिक रुपमा सङ्कटग्रस्त भएकाले रु ४० करोड उपलब्ध गराउन आग्रह गरे । प्रकाशन घाटामा गएपछि कर्मचारी कटौती र बाँकी तलब भुक्तानीका लागि चलअचल सम्पति बिक्रीको प्रक्रियामा छ ।  भेटका अवसरमा पूर्वमन्त्री तथा प्रकाशनका सञ्चालक सदस्य प्रदीप नेपाल, दीनानाथ शर्मा, सदस्य हरिहर खनाल र जीवनचन्द्र कोइरालालगायत सहभागी भएका थिए । रासस

pm dahal Sajha Prakashan

विशेष