ताजा खबर

ब्यारेक भित्रैबाट हरायो सेनाकाे हतियार, छानबिन टोली दिपायलमा

ब्यारेक भित्रैबाट हरायो सेनाकाे हतियार, छानबिन टोली  दिपायलमा
smg साउन – २३ । सैनिक श्रोतका अनुसार नेपाली सेनाको सुदुरपश्चिमको डोटी, पृतना दिपायलमा सुरक्षार्थ खटिएको गरुडदल गणको हतियार हराएपछि छानबिनका लागि नेपाली सेनाको एक टोली दिपायल पुगेकोे छ । सुदुरपश्चिम पृतना दिपायलस्थित सैनिक श्रोतका अनुसार गरुडदल गणको टुकडीको सटमेसिन गन (एसएमजी) एक थान र त्यसमा लोडेड दुई वटा म्यागजिन हराएको हो । हतियार र गोली हराएपछि अहिले सुदूरपश्चिम पृतनामा आन्तरिक छानबिन भइरहेको छ । हतियार भण्डारण गर्ने कोतमा चाबी नलगाएको अवस्थामा ताल्चा भेटिएपछि हतियार गन्दै गर्दा एसएमजी फेला नपरेकाले छानबिन सुरु भएको सैनिक श्रोतको दाबी छ । हतियारसहित सैनिक जवान फरार भएको खबर बाहिर आएपनि सेनाले उक्त कुरा झुटो भएको र आफ्ना कुनै पनि सैनिक जवान फरार नभएको दाबी गरेको छ । सैनिक अधिकारीसँग यस बिषयमा बयान लिने तथा सोधपुछ गर्ने काम भईरहेको श्रोतले बतायो । सेना र प्रहरीले सुदुरपश्चिमका मुख्य सडकमा गुड्ने यातायातका साधनहरुमा कडा निगरानीका साथ चेक जाँच थालेको छ ।

Nepali Sena smg

विशेष