स्वास्थ्य

हाम्रो मस्तिष्कले जोखिमपूर्ण निर्णय कसरी लिन्छ ?

हाम्रो मस्तिष्कले जोखिमपूर्ण निर्णय कसरी लिन्छ ?
brain साउन २३ । हामीले कुनै काम गर्दा वा फैसला लिँदा साचेर मात्र गर्दछौँ । कुनै फैसला गर्नु अघि हामी धेरै पटक सोच्ने पनि गर्दछौँ जसले हाम्रो मस्तिष्कमा दबाब सिर्जना गर्दछ । अन्त्यमा जे कुरा हाम्रो मस्तिष्कले निर्णय गर्दछ हामी त्यसलाई स्विकार गर्दछौँ । तर मस्तिष्कले यो निर्णय कसरी लिन्छ त ? वासिङ्गटन यूनिभर्सिटीमा गरिएको एक अध्ययन अनुसार वेंट्रल पेलिडियममा न्यूरोनको समुह त्यो हिस्सा हो जसले डोपामाइनन्को नियन्त्रणमा मुख्य भूमिका निर्वाह गर्दछ । यसले अणु न्यूरोन्सको बीचमा संकेत आदान प्रदान गर्छ जसले हामीलाई सजिलो महशुस हुन्छ । जब मानिस सुरक्षित बिकल्प भन्दा पनि जोखिमपूर्ण काम छनौट गर्छ तब यो निष्क्रिय हुन्छ । यो अध्ययनका सहायक प्रोफेसर इल्या मानसोव भन्छन्, ‘वेंट्रल पेलिडियम डोपामाइन न्यूरोनलाई रोक्ने काम गर्छ तर जब जोखिमपूर्ण फैसला लिन्छौँ तब डोपामाइनको श्राव बढ्छ ।’ मस्तिष्कको जुन भागमा यो न्यूरोन्स पाइन्छ, त्यसलाई मिडियल बेसल फोरब्रेन भनिन्छ । मिडियल बेसल फोरब्रेन, मस्तिष्कको त्यो भाग हो जसले कार्टिकल ब्रेनको ठूलो भागलाई सुचना प्रदान गर्दछ । यो सिकाई र स्मरणसँग जोडिएको हुन्छ । अध्ययनकर्ताहरुका अनुसार यो अध्ययनले मनोवैज्ञानिक र मानसिक विकृति जस्ता जोखिमलाई लिएर गलत राय बनाउने र चिन्ता लिने जस्तो समस्याको उपचारमा सहयोगी हुन्छ । -एजेन्सीको सहयोगमा

brain

विशेष