ताजा खबर

विज्ञान र संस्कृत विषयको कक्षा १२ को नतिजा सार्वजनिक

विज्ञान र संस्कृत विषयको कक्षा १२ को नतिजा सार्वजनिक
hseb साउन - २३ । कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा आज राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । अाइतबार बसेको परीक्षा समितिको बैठकले उक्त नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ७३.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४० हजार ६ सय ३ जना परीक्षार्थीले दिएको उक्त परीक्षमा २८ हजार ९ सय ५२ जना पास भएको जानकारी परीक्षा नियन्त्रक सन्तोष अर्यालले दिएका छन् । यसैगरी आशिंक तर्फ विज्ञान र संस्कृत विषयका ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ९ हजार ८१ जनाले दिएको उक्त परीक्षामा ४ हजार ४ सय १४ जना पास भएका छन् । नतिजा गत वर्षको भन्दा केही सुधारउन्मुख रहेकाे देखिन्छ ।

hseb result

विशेष