खतरनाक भएर निस्के लोकमान, अब अदालतलाई पनि टेर्दैनन्
साउन २४ । सर्वोच्च अदालतले क्षत्राधिकार ननाघ्न पटक–पटक दिएको आदेश अटेरी गर्दै आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख लोकमानसिंह कार्कीले अदालतलाई विवादमा तान्ने प्रयास गरिरहेका छन् । कार्कीले वरिष्ठ अधिवक्ता शम्भु थापाको मुद्दामा सर्वोच्चले दिएको परमादेश मात्रै हटेरी गरेनन्, उनीविरुद्ध अवहेलना मुद्धा दर्ता भएपछि प्रधानन्यायाधीशलाई विवादमा ल्याउने प्रयास गरे। अवहेलना मुद्दामा पहिलो सुनवाई नहुँदै उनले प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो मुद्दा हेर्न नमिल्ने भन्दै सर्वोच्चमा निवदेन दर्ता गराए । आफूले गरिरहेको बेलगाम कार्यविरुद्ध कार्कीको इजालसले रोक लगाउन सक्ने सम्भावना देखेर त्यसलार्य रोक्न उनी नाता पर्ने दाबी गर्दै सवोच्च पुगेका थिए । नागरिक दैनिकबाट