ताजा खबर
१२ कक्षा अनुत्तीर्ण भएपछि किशोरीले गरिन आत्महत्या
साउन - २४ । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन् ।
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटारकी १७ वर्षीया अनुजा मिश्रको शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।
पढाइ राम्रो भए पनि परीक्षाको परीक्षाफलमा अनुत्तीर्ण भएपछि उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । कक्षा १२ को परीक्षाको परीक्षाफल आइतबार सार्वजनिक भएको थियो ।
मिश्रको शव परीक्षण लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ । रासस
atmahatya