खेल

ब्राजिलको दोस्रो खेल पनि बराबरीमा टुङ्गियो

ब्राजिलको दोस्रो खेल पनि बराबरीमा टुङ्गियो
rioसाउन – २४ । ब्राजिल सोमबारको दोस्रो खेलमा इराकसँग पनि गोलरहित बराबरी खेलेको छ । रियो ओलम्पिकको पुरुष फुटबलमा आयोजक ब्राजिल लगातार दोस्रो खेलमा इराकसँग बराबरीमा रोकिएको हो । समूह ‘ए’ मा रहेको ब्राजिल पहिलो खेलमा ब्राजिल दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । कप्तान नेइमारमाथि धेरै आशा गरिएपनि दोस्रो खेलमा पनि उनी खुलेर खेल्न सकेनन् । समूह चरणको अन्तिम खेलमा ब्राजिलले अब डेनमार्कको सामना गर्नेछ । चार अंक जोडेको डेनमार्क भने समूह ‘ए’को शीर्ष स्थानमा छ भने ब्राजिल दुई अंकका साथ दोस्रो स्थानमा छ ।

brazil football Rio Olympic

विशेष