खेल

पोर्चुगलको लगातार दोस्रो जित, अर्जेन्टिनाको पहिलो

पोर्चुगलको लगातार दोस्रो जित, अर्जेन्टिनाको पहिलो
rio-imageसाउन – २४ । ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा समूह ‘डी’मा रहेको पोर्चुगलले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा होन्डुरसलाई २–१ ले हराएको हो । पहिलो खेलमा अर्जेन्टिनालाई २–० ले हराएको पोर्चुगल समूहको शीर्ष स्थानमा छ । होन्डुरसका अल्बर्ट एलिसले खेलको ३० सेकेण्डमै गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । तर २१ औं मिनेटमा टोबिएस फिगुएरेडोले पोर्चुगलका लागि बराबरी गोल फर्काए । ३६ औं मिनेमटमा गोन्जालो पासिएसिएले पुनः गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । अर्जेन्टिनाले पनि ओलम्पिकमा पहिलो जित दर्ता गरेको छ । अर्जेन्टिनाले अल्जेरियालाई २–१ ले हराएको हो । यस्तै समूह ‘सी’ अन्तर्गतको खेलमा मेक्सिकोले फिजीलाई ५–१ ले हरायो भने जर्मनी र दक्षिण कोरियाले ३–३ को बराबरी खेलेको छ । समूह ‘बी’मा नाइजेरियाले स्वीडेनलाई १–० हराएको छ । समूह ‘ए’को खेलमा डेनमार्कले दक्षिण अफ्रिकालाई पनि १–० ले हरायो ।

Rio Olampic Rio Olympic

विशेष