स्वास्थ्य

महिलाहरुले महिनावारी रोक्ने औषधी नियमित सेवन गरे बाझोपन हुने

महिलाहरुले महिनावारी रोक्ने औषधी नियमित सेवन गरे बाझोपन हुने

confident-woman

महिलाहरु यौन अवस्थामा पुगेपछि नियमितरुपमा महिनावारी हुने प्राकृतिक प्रक्रिया हो । हरेक महिनामा हुने महिनावारीलाई महिलाले चाहेर पनि रोक्न सक्दैनन् । यो हरेक महिनामा दोहोरिरहन्छ । तर कहिले काहीँ महिनावारी महिलाको टाउको दुखाई बनेको हुन्छ, जब घर परिवारमा कुनै विशेष कार्य हुँर्दैछ वा चाडपर्व आएमा साथै घरधन्दा बाहेक अन्य काममा व्यस्त हुनाले । जसका कारण महिनावारीलाई केही पर सार्नु पर्ने बाध्यता आउन सक्छ । यसलाई महिलाले चाहेर पनि पछि सार्न नसकेता पनि विज्ञानले भने औषधिको आविष्कार गरिदिएको छ । यस्तो समयमा महिलाहरुले महिनावारी रोक्न वा पछि सार्नको लागि औषधि सेवन गर्ने गरेको पाइन्छ । यो महिलाको लागि क्षणिक रमाइलोका लागि फाइदाजनक भएपनि यसले स्वास्थ्यमा भने नराम्रो असर पारेको हुन्छ ।

यस्ता औषधिले स्वास्थ्यमा पार्ने असर थाहा नपाउँदा कतिपय महिलाले प्रयोग गरेको पाइन्छ भने कतिले थाहा पाएर पनि बाध्यतावस सेवन गरेका हुन्छन् । आजभोली स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा हुँदा हुँदै पनि औषधिको प्रयोग गर्नेको संख्या बढेको छ । महिनावारी रोक्न प्रयोग गर्ने औषधि हर्मोनको चक्की हो । हर्मोन चक्कीको कारण सामान्य हर्मोनको मात्रा फरक पर्न जान्छ । हर्मोनको परिवर्ततनका कारण तत्कालका लागि महिनावारी पछि सर्न जान्छ ।

तर, यसले पछि गएर महिनावारीमा गडबढी उत्पन्न हुने, कम हुने जस्ता समस्या देखिन्छ । सामान्यतया यसको सेवनले वाकवाक लाग्ने, रिंगटा लाग्ने, धेरै सेवन गर्नेको शरीर सुन्निने जस्ता समस्या देखिन्छ । तर यसले दिर्घकालिन असर पनि पारेको हुन्छ । विवाहित महिलाले औषधि सेवन गरेमा यदि गर्भ रहेको छ भने बच्चालाई समेत असर पार्न सक्छ ।

जति बेला औषधि सेवन गरिएको हुन्छ त्यतिबेला गर्भ रहेको नरहेको थाहा हुँदैन । औषधि सेवनपछि गर्भ रहेको थाहा पाएका बच्चालाई असर गर्ने हो की भन्ने चिन्ता रहिनै रहन्छ । जसले अस्थाई साधन प्रयोग नगरी शारीरिक सम्बन्ध राखेको हुन्छ, त्यस्ता महिलाहरुले महिलाले महिनावारी पर सार्ने औषधि सेवन गर्नु हुँदैन ।

Woman Health

विशेष