ताजा खबर

स्कुल जाने क्रममा खोलाले बगाएर युवती बेपत्ता

स्कुल जाने क्रममा खोलाले बगाएर युवती बेपत्ता
panima dubera साउन २५ । ताप्लेजुङको लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता मंगलबार   बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा खोला तर्दै गर्दा खोलामा डुबेर बगेको विद्यालयका प्रअ गायत्री पौडेलले बताए। बिहान करिब ९।५० बजे केही साथीसँगै स्कुल जाँदै गर्दा पुल नभएको खोलाभित्रैबाट तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । सोही खोलामा काठको फड्के भए पनि स्कुल जान हतार भएकाले सोही पुल भएदेखि केही माथिको भागबाट छोटो बाटो हुँदै तर्ने क्रममा उनी बगेकी हुन् । केही साथी तरेर अघि बढ्दै गर्दा पछाडिरहेकी लिम्बूलाई खोलाले बगाएको उनका साथीले बताएका छन् । सो खोलामा भएको एउटा फड्के पुलसमेत निकै जीर्ण भएकाले त्यहाँबाट खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । लगत्तै स्थानीय र शिक्षक मिलेर खोजी भइरहेको र प्रहरीलाई खबर गरिएको बताइएको छ । उनी विजय निमाविमा कक्षा ८ मा अध्ययनरत थिइन् । रासस

dubera mirtue

विशेष