स्वास्थ्य

इन्सुलिनबारे भ्रम र यथार्थ के हो ? - कारण जान्नुहोस्

इन्सुलिनबारे भ्रम र यथार्थ के हो ? - कारण जान्नुहोस्
sugar साउन - २५ ।  पेटमा रहेको प्यानक्रियाजले इन्सिुलिनले रगतमा भएको सुगरलाई कम गर्छ । त्यसैले इन्सिुलिनको कमी भएमा वा इन्सिुलिनले राम्ररी काम गर्न नसकेको अवस्थामा सुगर हुन्छ । मानिसलाई सुगर भएमा घटाउने औषधि सेवन गर्नुपर्छ । खाने औषधिले प्यानक्रियाजबाट इन्सुलिन उत्पादन गर्छ, जसले गर्दा सुगर कम हुन्छ । लामो समयसम्म यी ओषधि लिएमा बिस्तारै प्यानक्रियाजको इन्सुलिन निकाल्ने क्षमता घट्दै जान्छ । निश्चित समयपछि यसले कुनै पनि इन्सुलिन निकाल्न सक्दैन । त्यसपछि सुगर कन्ट्रोल गर्न बाहिरैबाट इन्सुलिन दिनुपर्ने हुन्छ ।  - सुरुकै अवस्थामा इन्सुलिन लिँदा शरीरलाई फाइदा गर्छ । यदि सुरुकै अवस्थामा इन्सुलिन लिएमा प्यानक्रियाजको इन्सुलिन उत्पादन गर्ने क्षमता रहिरहन्छ । अर्थात यसलाई आराम मिल्छ । विभिन्न अध्ययनले देखाएको अध्ययनअनुसार सुरुकै अवस्थामा केही समय इन्सुलिन लिएर बन्द बन्द गरेमा लामो समयसम्म विना कुनै औषधि सुगर कन्ट्रोल हुन्छ त्यसकारण सुगरमा इन्सलिन सबैभन्दा राम्रो औषधि हो । इन्सुलिन लगाउन किन डर लाग्छ ? - इन्जेक्सनको डर -सुगर कम भएर बेहोस हुने डर - एकचोटी इन्सुलिन सुरु भएपछि सधैँ लगाउनुपर्ने डर । - महँगो होला कि भन्ने डर । - बाहिर जाँदा इन्सुलिन लगाउन मिल्दैन भन्ने डर । - इन्सुलिन लगाउँदा छालामा समस्या आउला भन्ने डर । के हो सत्य ? - अहिले इन्सुलिनका सुई यति मसिना भइसके कि सुई लगाएको पत्तै हुँदैन औषधि खानुभन्दा पनि सजिलो भइसकेको छ । - खाने औषधिले पनि सुगर कम गराएर बेहोस हुनसक्छ । सावधानि अपनाएमा यस्तो कहिलै पनि हुँदैन । सुगर कम हुँदा एकैचोटि पसिना आउने, मुटुको धड्कन तेज हुने, हात काम्ने हुन्छ । यस्तो भएमा एक गिलास पानीमा तीन चम्चा ग्लुकोज पाउडर घोलेर खाएमा बेहाेस हुने अवस्था कहिल्यै आउँदैन त्यसैले सुगरका विमारीले साथमा ग्लुकोज पाउडर अथवा टफीजस्ता केही मिठा कुरा साथमै राख्न जरुरी हुन्छ । एकचोटि इनसुलिन लगाएपछि सधैँँ लगाउनुपर्छ भन्ने जरुरी छैन । सुगर कन्ट्रोल भएपछि इन्सुलिनको डोज घटाउँदै ट्याब्लेटमा चन्ज गर्न सकिन्छ । तर केही ,अवस्थामा सधैँ इन्सुलिन लगाउनुपर्दछ । किड्नीको समस्या देखिएमा वा तीनभन्दा बढी खाने औषधिबाट सुगर कन्ट्रोल नभएमा नियमित इन्सुलिन लगाउनुपर्दछ । - इन्सुलिनको प्रकृतिअनुसार सस्तो तथा महँगा इन्सुलिन र सस्ता इन्सुलिनको काम एकै हो । फरक के मात्र हो भने महागो इन्सुलिन खाना खानुभन्दा ५ मिनेटभन्दा अगाििड लगाउनुपर्दछ । तर सस्तो इन्सुलिन ३० मिनेट अगाडि लगाउनु पर्दछ ।  - बाहिर जाँदा इन्सुलिन लिएरै जान सकिन्छ । भाइलवाला इन्सुलिनका लागि अइस प्याक चाहिन्छ । तर पेनवाला इन्सुलिन त्यत्तिकै लिएर जान मिल्छ । तर घामबाट जोगाउनुपर्छ ।  - इन्सुलिन तरिका जानेर लगाउँदा छालामा केही समस्या आउँदैन ।  -डा. अंशुमाली जोशी मधुमेह तथा थाइराइडरोग विशेषज्ञकाे सहयाेगमा

insuline sugar

विशेष