खेल

राष्ट्रपति उम्मेद्वारलाई चुनौती दिँदै ओलम्पिकमा इव्तिहाज मुहम्मद सम्मानित

राष्ट्रपति उम्मेद्वारलाई चुनौती दिँदै ओलम्पिकमा इव्तिहाज मुहम्मद सम्मानित
muslim साउन २५ । इव्तिहाज मुहम्मदले मुस्लिम महिलाले कपाल ढाक्ने कपडा हिजाब पहिरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो अमेरिकी महिला खेलाडीको रुपमा सम्मान पाएकी छन् । ‘मुस्लिम महिलाको विषयमा एक प्रकारको सोच राख्ने व्यक्तिलाई चुनौती दिन सकेकोमा म उत्साही छु,’ उनले कसैको नाम उधृत नगरि भनिन्–‘हामी मुस्लिम महिला विश्वका अन्य टिममा मात्र होइन, अमेरिकी ओलम्पिक टिमबाट पनि खेल्न सक्ने हैसियत राख्छौं ।’ अमेरिकाको राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पले हालै चुनावी सभामा अमेरिकाबाट सबै मुसलमानहरूलाई खेदाउनु पर्ने अभिव्यक्ति दिएका थिए । यस्तो अवस्थामा इव्तिहाजको ओलम्पिक सहभागिताले अमेरिकी मुस्लिमहरूमा उत्साह थपिएको छ । फेन्सिङ खेलमा युक्रेनी खेलाडी ओलेना क्राभास्काविरूद्ध उत्रिएकी इव्तिहाजले पहिलो खेल १५–१३ ले जितिन् । उनले पहिलो चरणको खेल जितेपनि दोस्रो चरणमा फ्रान्सकी सेसेलिया बेर्डरसँग १५–१२ को अंकमा पराजित भइन् ।

muslim mahila rio olampik

विशेष