मनोरञ्जन

‘छक्का पञ्जा’ को ट्रेलर सार्वजनिक (फोटो फिचर)

‘छक्का पञ्जा’ को ट्रेलर सार्वजनिक (फोटो फिचर)
  chakka-panja-poster-nepalaaja साउन – २५ । दिपाश्री निरौलाले निर्देशित फिल्म ‘छक्का पञ्जा’ को ट्रेलर सार्वजनिक भएको छ । कमल पोखरीस्थित कुमारी हलमा कार्यक्रम राख्दै उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ‘पूर्व पश्चिम रेल’ बोलको गीतले बजार निकै तताइसकेको समयमा दर्शकहरुको चलचित्रप्रति कौतुहल्ताको विषय रहेको छ । deep-niraula-nepalaaja दीपकराज गिरीको मुख्य भूमिका रहेको उक्त फिल्ममा नायिका प्रियाङ्का कार्की, दिपकको जोडिको रुपमा देखिदैँ छिन् । फिल्ममा दीपक र प्रियाङ्कालगायत केदार घिमिरे, शिवहरि पौडेल, जितु नेपाल, वर्षा राउत, बुद्धि तामाङको अभिनय रहेको छ । कमेडिको वर्षात भनिएको उक्त फिल्म भदौ २४ मा रिलिज हुँदै छ । deepak-raj-giri-nepalaaja हास्यव्यंग्य कलाकारले बनाएको फिल्म भएर हाँसोको वर्षात हुने र अन्त्यमा वैदेशिक रोजगारको सन्देश दिदैँ फिल्मको अन्त्य हुने ‘छक्का पञ्जा’ चलचित्रकी निर्देशक दिपाश्रीले बताइन् । ‘छ’ भन्ने शब्द सकारात्मक शब्द भएको हुनाले फिल्मको नाम पनि छक्का पञ्जा हुन गएको भन्दै छक्का पञ्जाको नाम जुर्नुको खुरासा गरिन् । शुक्र ग्रह कला र साहित्यको लागि एकदम राम्रो भएकाले फिल्म पनि शुक्रवार नै रिलिज गर्न लागेको उनले थपिन् । दर्शकलाई २ घण्टा २० मिनेटको समय हलमा बोर नहुने दिपाश्रीको दाबी छ । suntali-nepalaaja chakka-panja-team-3-nepalaaja chakka-panja-team-5-nepalaaja chakka-panja-team-7-nepalaaja chakka-panja-team-6-nepalaaja chakka-panja-team-nepalaaja chakka-panja-team-1-nepalaaja प्रस्तुतिः कञ्चन न्यौपाने फोटो फिचर—अशोक खड्का

Chhakka Panja Deepa Shree Niraula Deepakraj Giri

विशेष