नेपालीको उद्धारका लागि एनआरएन मलेसियाद्वारा कल्याणकारी कोष स्थापना
साउन - २५ । गैर आवासिय नेपाली संघ मलेसियाले समस्यामा रहेका नेपालीहरुको उद्धार गर्न कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।
कोष संचालनको लागिशंकर बहादुर पौडेल, विश्वबिक्रम राई, भवानीशंकर तिवारी, प्रेम पाण्डे र खगेन्द्र न्यौपाने रहेको समिति वनाईएको छ । समितिको निर्णय अनुसार नै कोषमा जम्मा भएको रकम उद्धारमा खर्च गरिने भएको छ ।
साथै संघले उपाध्यक्षमा रमेशप्रसाद तिवारी र सदस्यमा योगेन्द्र कोइरालालाई चयन गरेको छ । लामो समय देखि वैठकमा उपस्थित नभएका सदस्यहरु ज्ञानेन्द्र सि र राजेन्द्र साउदलाई हटाईएको महासचिव सुन्दर आलेले जनाएका छन ।
संघले विज्ञप्ती प्रकाशित गर्दै कोषको अन्तराष्ट्रिय संयोजकमा संघका अष्ट्रेलियाका पूर्ब अध्यक्ष गणेश केसी लाई चयन गरेको जनाएको छ ।
nrn malesiya