मनोरञ्जन

ऋतिकले छाेडेकाे ‘ठग’ आमिरले गर्ने

ऋतिकले छाेडेकाे ‘ठग’ आमिरले गर्ने
amir khan साउन - २५ । बलिउड अभिनेता ऋतिक रोशनले यसअघि अस्वीकार गरेपछि फिल्म 'ठग'मा आमिर खानले काम गर्न सक्ने अनुमान गरिएको छ । तर आमिरले यो फिल्ममा काम गर्ने पक्का भने गरेका छैनन्। उनले भने फिल्मको स्क्रिप्ट बदलिएपछि आफूलाई मन परेकाले फिल्ममा काम गर्ने ग्रिन सिग्नल दिएका छन् । यसअघि ऋतिकले यो फिल्मको स्क्रिप्ट मन नपरेकाले फिल्ममा खेल्न अस्वीकार गरेका थिए । तर आमिरले फिल्ममा खेल्ने सम्भावना बढेपछि फिल्मको स्क्रिप्टमा व्यापक परिवर्तन गरियो । आमिर निकट स्रोतलाई उधृत गर्दै भारतीय मिडियाले लेखेका छन् आमिरले यो स्क्रिप्ट पढेपछि तुरुन्त स्वीकार गरिदिए । उनी 'दंगाल' पछि कमेडी फिल्ममा काम गर्न चाहान्थे, त्यसका लागि ‘ठग’ ठीक समयमा छनाैट भयो । - (एजेन्सी)

Amir Khan filmy khaber

विशेष