समाज

सीमाविद् बुद्धिनाराणद्वारा लिखित ‘जङ्गे–बुद्धे’को लोकार्पण

सीमाविद् बुद्धिनाराणद्वारा लिखित ‘जङ्गे–बुद्धे’को लोकार्पण
buddhi-narayan साउन २५ । राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई कायम राख्न जङ्गेपिलरको संरक्षण गर्नुपर्ने आवश्यकतामा केन्द्रित गरेर सीमाविद् बुद्धिनाराण श्रेष्ठद्धारा लिखित ‘जङ्गे–बुद्धे’ कृति आज लोकार्पण गरिएको छ । समग्र दक्षिण एसियामा अङ्ग्रेजका दबदबा रहेको समयमा अत्यन्त बुद्धिमत्ता र कुशलतापूर्वक सीमास्तम्भ बनाएर जङ्गबहादुर राणाले सीमा नियमनमा पु-याएको योगदान र जङ्गेपिलरबारे पुस्तकमा सविस्तार वर्णन गरिएको छ । उक्त पुस्तकको राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले संयुक्तरुपमा लोकार्पण गरेका हुन् । छिमेकीबाट सीमा मिच्न दिन हुँदैन भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । उक्त कृतिमा सीमा, सीमा साहित्य, आत्मवृत्तान्त र जीवनदर्शनजस्ता विषय पनि समेटिएका छन् । एकतन्त्रीय राणाशासनका प्रादुर्भाव गर्ने क्रूर शासकका रुपमा एक पाटोबाट आम नेपालीले बुझ्ने गरे पनि जङ्गबहादुर राणा राष्ट्रप्रेमी र कानुनी राज्यको हिमायती थिए भन्ने कुरा मुलुकी ऐनको घोषणा र जङ्गेपिरलको स्थापनाले पुष्टि गरेको इतिहासविद्हरु बताउछन् । जङ्गबहादुरले स्थापना गरेको सीमास्तम्भको त्यसपछिका शासकबाट संरक्षण हुन सक्दा सीमा मिचिएका दुःखद् घटना सुन्न परिरहेको उनीहरुको बुझाइ छ । सञ्जोग नै भन्नुपर्छ, जुन ठाउँमा जङ्गेपिलर ढलेको तथा हराएको छ, त्यो स्थानमा सीमा विवाद देखिएको छ । जङ्गबहादुरले नेपालको गुमेको भू–भागमध्ये अङ्ग्रेजसँग पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता लिन सफल भएका थिए । उनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म १८ फिट अग्ला २५२ वटा सीमास्तम्भ स्थापना गरेका थिए ।

Budhinarayan Shrestha Madhab Prasad Ghimire

विशेष