३ दर्जन बढी स्टाफ नर्सका विद्यार्थी ‘फुड पोइजन’का कारण विरामी
साउन – २५ । झापा विर्तामोडको कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३ दर्जन बढी स्टाफ नर्सका विद्यार्थीहरु विषाक्त खानेकुरा सेवनका कारण विरामी भएका छन् ।
उनीहरुलाई बान्ता र झाडा पखाला लागेपछि अस्पताल भर्ना गरिएको छ । विरामीहरुको स्थानीय विर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ ।
इन्स्टिच्युटका अध्यक्ष ध्रुव शिवाकोटीका अनुसार खानामा समस्या थिएन, तर कहिले काहीँ विद्यार्थीहरुले लुकेर चटपटे र मःमः पनि खाइदिने गरेका छन् ।
उपचारमा संलग्न चिकित्सक डा. अनिल कुमारले ‘फुड पोइजन’ भएको बताए ।
Staff Nurse